काठमाडौं । जसपाका नेता डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै नेता भट्टराईले कुनै बहानामा भाग्ने गल्ती नगर्न पनि सुझाव दिएका छन् । ‘लखनौमा दुई नबाबबीचको पहिले गाडी चढ्ने भन्नेमा अन्योल हुँदा गाडी नै छुटेको’ लोक कहानीको प्रसंग उल्लेख गर्दै भट्टराईले प्रतिपक्षी दलहरुलाई संघर्ष गर्न पर्खन नहुने सुझाव दिए ।
नेता भट्टराईले भनेका छन्,‘पहले आप, पहले आप भन्दाभन्दै लखनौका नबाबको गाडी छुट्थ्यो रे!विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ! सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो!यो वा उ बहानामा भाग्ने गल्ती नगरौं!’