• मंसिर १३ २०८१, बिहीबार

१ लाख ८० हजार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको निर्णय

चैत्र ९ २०७७, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई बलियो बनाउन नयाँ क्रियाशील सदस्यता वितरण गर्ने  निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन क्रियाशील सदस्यको भूमिका हुने जनाउँदै  क्रियाशील सदस्यता वितरण र नविकरणलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सोमबारसम्मको रिपोर्ट प्रस्तु गरेको थियो, जसअनुसार हालसम्म २ लाख १२ हजार ५१९ नविकरण र १ लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको जानकारी गराइएको नेता रमेश लेखकले बताए ।