• बैशाख १८ २०८३, शुक्रबार

जसपा निकट प्रगतिशील नेपाली समाजको भेला सकियो

चैत्र ९ २०७७, सोमबार

जसपा निकट प्रगतिशील नेपाली समाज समिति भारत पुना जिल्ला समितिको आयोजित भेला तथा प्रशिक्षण कायक्रम सम्पन्न भएकोे छ । रामबहादुर रसाइलीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रिय अध्यक्ष प्रकाश नेपाली थिए ।

कार्यक्रम विशिष्ट अतिथि प्रगतिशील नेपाली समाज समिति भारत केन्द्रिय भाइचारा विभाग प्रमुख देबेन्द्र साउद थिए भने अतिथिमा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रिय सदस्य विजयप्रसाद नेपाली अतिथिमा सो संगठनका केन्द्रिय सदस्य जगत रसाइली, अतिथिहरुमा केन्द्रिय सदस्य अमर ढकारी, केन्द्रिय सदस्य गोपाल तिखत्री, केन्द्रिय सदस्य चन्द्रप्रसाद भण्डारी थिए ।

अखिल भारत नेपाली एकता मञ्च परित्याग गरी प्रगतिशील नेपाली समाज समिति भारत प्रवेश गरेका सिंह नेपाली, राज्य सदस्य करन तिखत्री, राज्य समिति सदस्य जमना थापा, पुना जिल्ला महिला संघ उपाध्यक्ष लक्ष्मी साउद, देउडा गायक जित परिवार, निर्मला परियार, अखिल भारत नेपाली एकता मञ्च परित्याग गरी प्रगतिशील नेपाली समिति प्रवेश गरेकालोकेन्द्र नेपाली, नवलसिंह दमाई पनि कार्यक्रममा उपस्थित थिए । नवप्रवेशीहरुलाई स्तागत गरिएको थियो ।