• बैशाख १८ २०८३, शुक्रबार

उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण

चैत्र ९ २०७७, सोमबार

आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार उक्त दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा, नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको भन्दै आगलागिका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए।

दमकलले आफ्नो नगरपालिका सहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।