• बैशाख १८ २०८३, शुक्रबार

ओछ्यानसहित दम्पत्ति बेपत्ता भएको घटनामा ४ जना पक्राउ 

चैत्र ८ २०७७, आईतवार

जनकपुरधाम । ओछ्यानसहित दम्पत्ति बेपत्ता भएको घटनामा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका ५ का झा दम्पत्ति बेपत्ता पारेको घटनाका प्रहरीले चार अभियुक्तलाई पक्राउ गरेको हो ।

मुसाफिर झा र उनकी पत्नी गितादेवीको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीको पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।

घटनामा उनी चारै जनाको संलग्नता देखिएकाले पक्राउ गरिएको महोत्तरी प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य जानकारी दिए ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो ।