काठमाडौंको कलंकीमा एक पुरुषको हत्या भएको छ ।
गएराति ढुङ्गा प्रहार गरी पुरुषको हत्या गरिएकाे महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएको छ।
उनको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका घर बताउने २१ वर्षीय दिनेश थापा छन् ।
ढुङ्गा प्रहारबाट सख्त घाइते भएका युवकको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।