• मंसिर १३ २०८१, बिहीबार

एमालेको स्पष्टिकरण सोध्ने निर्णय अवैध र हास्यास्पद छ : भीम रावल

चैत्र ७ २०७७, शनिबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको केन्द्रीय कमिटी बैठकले गरेको स्पष्टिकरण सोध्ने निर्णय अवैध र हास्यास्पद रहेको बताएका छन् ।

शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले चार नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । नेता रावलसहित वरिष्ठ नेता भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेता रावलले सामाजिक संजालमार्फत अवैध कमिटीको कथित बैठकबाट आफुलगायतका नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई कारवाहीका लागि स्पष्टिकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद रहेको बताएका छन् ।