काठमाडौं । शनिबार नेकपा (एमाले) निकट युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ ।
राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले उद्घाटन गर्ने जनाइएको छ ।
युवा संघ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेलाबारे जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए ।
भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ।