• मंसिर १३ २०८१, बिहीबार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

चैत्र ६ २०७७, शुक्रबार

काठमाडौं । नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार रहने महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलले पदबाट राजीनामा स्वीकृत भए लगत्तै बडाल महान्यायाधिवक्ता सिफारिस भएका थिए । बडाल नेपाल बार एसोसिएसनको उपाध्यक्षसमेत हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको जनाएको छ । उनले आइतबार सपथग्रहण गर्ने बताइएको छ ।