काठमाडौं, देशभर थप १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको कोरोना परीक्षण गरिएकोमा थप १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार १ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय २३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।