• बैशाख १८ २०८३, शुक्रबार

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचार गर्न सरकारले १० लाख सहयोग गर्ने

चैत्र ६ २०७७, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गत फागुन १४ गतेदेखि मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीलाई सरकारले १० लाख सहयोग गर्ने भएको हो ।

शुक्रबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारारत जोशीका परिवारका सदस्यलाई भेटी सरकारले सहयोग गर्ने बारे जानकारी दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले जोशीको पछिल्लो स्वास्थ्यअवस्थाका बारेमा उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारीसमेत लिएका थिए ।

फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ ।