• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको सरकार छिटो भन्दा छिटो हटाउनुपर्छ : नेता सिंह

चैत्र ५ २०७७, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीको सरकार छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले जनताले कम्युनिष्टलाई म्यान्डेड दिए पनि कम्युनिष्ट सरकार असफल देखिएको जनाउँदै संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिएका हुन् ।

५ वर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाँकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने जनाउँदै नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रीत गर्दा जनतामा निराशा छाएको बताए।