• असार ४ २०८२, बुधबार

साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा राजधानीमा कविता गोष्ठी (तस्बिरहरु)

चैत्र ५ २०७७, बिहीबार

काठमाडौँ,

अखिल नेपाल लेखक सँघले राजधानी काठमाडौँमा एक कविता गोष्ठी सम्पन्न गरेको छ। सँघद्वारा आयोजित कविता गोष्ठीमा कविताको साथमा आफ्नो मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य अनिल शर्माले वैज्ञानिक समाजवादी व्यवस्था ठिक कि संसदीय व्यवस्था ठिक भनेर नेपाली जनतालाई रोज्न दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

अनिल शर्मा
अनिल शर्मा

कवि तथा साहित्यकार समेत रहेका शर्माले आफ्नो पार्टीको धारणा राख्दै कविहरुको अगाडी भने ‘साहित्य र कला परिवर्तनको एउटा स-सक्त मोर्चा हो।’ कविता गोष्ठी कार्यक्रममा समालोचक प्राध्यापक राम प्रसाद ज्ञवालीले कविता सुनेर वा पढेर कसैको जीवन व्यवहारमा परिवर्तन आयोभने त्यो कविता सफल भएको मान्नुपर्ने धारणा व्यक्त गरे। आफ्नो लयवद्ध कविताको साथमा उपस्थित भएका समालोचक प्राध्यापक ज्ञवालीले गोष्ठीमा प्रस्तूत भएका कविताहरुले देशमा सपना देखेको साथै परिवर्तन खोजेको बताए।

राम प्रसाद ज्ञवाली

संवाद डबलीमा आयोजित सो कविता गोष्ठीमा अखिल नेपाल महिला सँघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्द अखिल नेपाल लेखक सँघकि केन्द्रीय अध्यक्ष शोभा दुलाल,उपाध्यक्ष असोक सुवेदी,कविहरु प्रतिवद्ध,भीम भारती,खेम शर्मा,वैरागी जेठा,रसुवाली कवि,उषाकिरण,महेन्द्र राई,नवराज मैनाली,अम्बिका चन्द,रोशन भारती,ढुण्डिराज अधिकारी,अग्निराज पौडेल ‘अराप’,लगायत दुई दर्जन कविहरुले विभिन्न कविताहरु प्रस्तूत गरेका थिए।

बन्धु चन्द
बन्धु चन्द

२०५५ सालको चैत ५ गते काभ्रेको अनेकोटमा तत्कालिन सत्ताले च्याङबा लामा सहित ७ जना जनकलाकारहरुको सामुहिक हत्या गरेको थियो। निहत्था जनकलाकारहरुले स-सस्त्र जत्थासँग प्रतिरोध गर्दा गर्दै शहादत प्राप्त गरेको सोही दिनलाई माओवादी कम्युनिष्टहरुले साँस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउदै आएका छन्। सोही साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा लेखक सँघले कविता गोष्ठी आयोजना गरेको हो।

कविता गोष्ठी कार्यक्रम शोभा दुलालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन असोक सुवेदीले गरेका थिए। उपस्थित कवि तथा अथितीहरुलाई सँघका कोषाध्यक्ष प्रतिवद्धले स्वागत गरेका थिए।

असोक सुवेदी
असोक सुवेदी
भीम भारती
कवि भीम भारती
कविता गोष्ठीमा सहभागी अथिति
कविता गोष्ठीमा सहभागी अथिति
कवि अग्निराज पौडेल 'अराप'
कवि अग्निराज पौडेल ‘अराप’
कवि उषाकिरण
कवि उषाकिरण
कवि खेम शर्मा
कवि खेम शर्मा
कवि शोभा  दुलाल
कवि शोभा दुलाल
कवि रोशन भारती
कवि रोशन भारती
कवि वैरागी जेठा
कवि वैरागी जेठा
कवि नवराज मैनाली
कवि नवराज मैनाली
रसुवाली कवि
रसुवाली कवि
कवि
कवि
कवि
कवि

 

कवि ढुण्डिराज
कवि ढुण्डिराज
कवि प्रतिवद्ध
कवि प्रतिवद्ध
कवि अम्बिका चन्द
कवि अम्बिका चन्द
कवि
कवि