• मंसिर १३ २०८१, बिहीबार

ओलीले कार्यशैली सुधारेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा नेताहरुको जोड

चैत्र ५ २०७७, बिहीबार

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको सानेपामा जारी नेपाल-खनाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको जनाउदै नेताहरूले नेतृत्वले अझै गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको बताए ।

नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेकपा(एमाले)का नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाउदै गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।