काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन् ।
बिहिवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिने जनाउदै माओवादी केन्द्र र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् ।
उनले भने, ‘१० दिनभित्र ओली सरकारको विकल्पका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ । कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन् ।’