• बैशाख १८ २०८३, शुक्रबार

कांग्रेस नेता अशोक कोइरालाको निधन

चैत्र ५ २०७७, बिहीबार

विराटनगर। नेपाली काँग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ । ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

स्वासप्रस्वासमा समस्या आएपछि बुधबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण मृत्यु भएको न्युरो अस्पतालले जनाएको छ ।
अहिले उनको शव विराटनगरस्थित घरमा राखिएको छ । दिउँसो हाटखोलास्थित समसाम घाटमा अन्त्येष्टी गरिने छ ।
कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष, संविधानसभाका सदस्य र विराटनगरका मेयर बनेका थिए ।

उनी नेपाली काँग्रेस मोरङका पूर्व सभापति समेत रहेका थिए । अशोक पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाका भाइ हुन् ।