काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको रक्षा गर्न चुक्यौं भने इतिहासले माफी नगर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट छिटो बिदा नगरे इतिहासले माफी नगर्ने उनले बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-“राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !”