• बैशाख १८ २०८३, शुक्रबार

भारतमा एक नेपाली महिलाको गोली हानी हत्या

चैत्र ४ २०७७, बुधबार

एजेन्सी, भारत एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार ४५ वर्षीया मीना नाम गरेकी नेपाली महिलाको गोली हानी हत्या गरिएको जनाइएको छ ।

उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी मीनालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेको भारतीय प्रहरीले बताएको छ ।

नयाँ दिल्लीमा पसल चलाउँदै आएकी मीनालाई बुधबार बिहान करिब सात बजेतिर हत्या गरिएको जनाइएको छ ।

मीनालाई अस्पताल पुर्‍याएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषित गरे । आक्रमणकारीहरु मोटरसाइकलमा भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।