आजको व्यस्त समयमा धेरैलाई मानसिक तनावले सताएको पाइन्छ। स्वास्थ्य जीवनको लागि तनावरहित हुनु अति आवश्यक हुन्छ। मानसिक तनावले गर्दा स्नायुतन्त्र,पाचनक्रिया, निद्रा, रक्ताचाप, मांसपेशीहरु, अन्त:स्त्रावी ग्रन्थि, आदिमाथि धेरै नै प्रतिकूल प्रभाव पर्छ। जसले गर्दा शरीरमा विष उत्पन्न हुन्छ। जुन अनगिन्ती रोगको कारण बन्छ।
१. तनावबाट मुक्त पाउने सबैभन्दा सजिलो तरिका हो -सकारात्मक दृष्टिकोण।
२. एकपटकमा धेरै काम गर्ने कोशिस नगर्नुहोस। केवल त्यति नै काम हातमा लिनुहोस् जति तपाइँ गर्नका लागि समर्थ हुनुहुन्छ।
३. सत्य कहिल्यै पनि नष्ट हुँदैन यदि तपाइँ सत्य हुनुहुन्छ। भने कुनै पनि परिस्थितिमा चिन्ता गर्नुपर्ने आवश्यक्ता पर्दैन।
४. यदि कसैले तपाईंको दोष बतायो भने त्यसको स्वागत गर्नुहोस किनकि त्यो तपाईंकै हितमा हुन्छ।
५. अनाशाक्तिले तनाब हुँदैन।
६. परिस्थितिसँग सम्झौता गर्नुहोस।
७. बच्चाहरुसंग खेलेर आनन्द लिने बानी बसाल्नुहोस।
८. आफ्ना केहि बानीहरु बनाउनुहोस, जसले तपाईंलाई आनन्द दिन्छ। जस्तै: राम्रा पुस्तक पढ्ने बानी।
९. आवश्यक कामहरुलाई तिनीहरु अतिआवश्यक बन्नुभन्दा पहिला नै सक्नुहोस। कामको विभाजन एंव चयन गर्न सिक्नुहोस।
१०. गलत र सहिको बारेमा चिन्ता नगर्नुहोस बरु त्यसको बारेमा चिन्तन गर्नुहोस।
११. दोस्रोको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस, किनकि तपाईं आफुलाई बदल्न सक्नुहुन्छ। दोस्रोलाई होईन।
१२. योग्य कर्मचारीको चयन गर्नुहोस जसले गर्दा काम समयमै र सरलताका साथ हुन् सकोस।
प्राकृतिक स्वास्थ्य सूत्रबाट