स्वास्थ्य नै धन हो । त्यही धनलाई बचाउनको लागि स्वास्थ्य शिक्षा लिएर पढ्ने विद्यार्थी जो भोलिका डाक्टर पनि हुन् । आफू बालेर आफूलाई उजेलो दिने मैन बत्तीको उदाहरण दिने गरिन्छ भने स्वास्थ्य विषय लगेर पढ्नेहरू यो भन्दा कमका उदरण होइनन् । आफ्नो स्वास्थ्यको ख्याल नगरी अरूको स्वास्थ्यको चिन्ता गर्दै रात दिन न भनी अरूको ज्यान बचाउँन् भनी लागि परिरहनु भएको हुन्छ । जसले अरुलाई समयमै सुत्नु होला, अनिदो न रहनुहोला भनेर अरुलाई सुझाव सल्लाह दिंदै गरेका हुन्छन् । तर तिनीहरुलाई थाहा हुँदैन कि आफू कति दिनको अनिदो छु भनेर ।
अरुलाई समयमा खाना खानु होला भन्ने डाक्टरलाई थाहा हुँदैन आफूले कति खेर खाना खाने हो भनेर वा अरुलाई सुझाव दिनेले आफैले त्यो कुरा व्यवहारमा लागु गर्न सक्दैनन् । डाक्टर भन्ने बितिकै कुनै बेला ठूलो महत्व र मान गर्ने विषय थियो तर पछिल्लो समयमा आएर विद्यार्थीहरु र अभिभावकहरु खुशी देखिंदैनन् । किनकि सबै भन्दा महंगो शुल्क दिएर छोराछोरी बढायो । अनि जागिर खाने बेला ८-१० हजार महिनाको तलब हुन्छ ।
अनि त्यो थोरै पैसा के गर्नु ? खानु कि लगाउनु । कतिपयले त ऋण लिएर पढ्नु भएको हुन्छ । कहिले तिर्नु ८-१० हजार कमाइले ? यस्ता कुराको तनाबले विद्यार्थीहरु विदेशीनु परेको छ । अहिले त पछिल्लो समयमा हेर्ने हो भने स्वास्थ्य विषय लिएर बढ्नुको मुख्य उद्धेश्य भनेको विदेश जान सजिलो र उता गएपछि ग्रीन कार्ड पाउन सजिलो भने हिसाबले मात्र स्वास्थ्य शिक्षा अध्ययन गर्नेहरुको भनाई रहेको छ । अझ त विशेष गरी छोरी मान्छेको बाआमाको कुरा बुझ्ने हो भने त झन राम्रो खालको केटा भेटियो भने छोरीको बिहे गरेर उतै विदेशतिरै पठाईदिन पाए हुन्थ्यो भन्ने पनि हुन्छ ।
यतातिर छोरा मान्छेहरूको कुरा बुझ्ने हो भने पैसा छ र स्टाप नर्स पढेको केटी भेटे भने बिहे गर्छु र विदेश लान्छु भन्ने सोच पनि पाइन्छ । छोरीको बुवाआमाले पनि झन त्यसमाथि हामीले पनि त्यस्तै केटा खोजेको हो भन्छन् । कतिपय यस्तो कुराले गर्दा केटीले नमान्दा नमान्दै पनि जबरजस्ति पठाउने चलन छ । छोरीलाई किन के बेचेको होर छोड्नुस् यस्ता कुरा भनौं भने पनि देशमा बसेर केही काम छैन, नत तलब राम्रो छ, न त केही कुराको ग्यारेन्टी छ । यस्तो हुनुको सबै कारण देशको नीति र नीति बनाउने मान्छे राम्रा न भएर हो । यस्तै अझै पनि रहने हो भने देशले ठूलो क्षेति बेहोर्नु पर्ने अवस्थमा आउन सक्छ । नेताको तलब भने धेरै हुने अनि जनताको किन न हुने ? यस्ता कुराले स्वास्थ्य क्षेत्र मात्र होइन सबै जस्तो क्षेत्रमा यस्तै हालत छ । यसबाट पार पाउन र निकास निकाल्न समयमै उचित कदम चाल्न जरुरी छ ।