काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारत जाँदै छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका बताइएको छ । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ ।
उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् । जिो मात्रै नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल उपचार गरेर भारतबाट फर्किएका छन् ।
२ हप्ताअघि पनि साही समूहका अध्यक्ष पुष्पकमल दाहाल पनि श्रीमतीको उपचारका लागि भारत गएका थिए । नेपाली नेताहरु उपचारका लागि भारत जाने प्रसंगलाई राजनीतिसित जोडेर हेर्ने चलन रही आएको छ । विदेशी शक्तिहरुले नेपाली पार्टी र तीनका नेतालाई आफ्नो हितमा प्रयोग गर्छन् भन्ने आरोप लागिरहँदा नेपाली नेताहरु उपचभारका लागि भारत गइरहेको सन्दर्भलाई यसरी नै हेर्ने गरिएको छ ।
यसैबीच आज पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लाििग भारत जान लागेको सन्दर्भलाई यसरी नै हेरिएको छ । धेरैले त नेपाली नेताहरु स्वास्थ्य उपचारका लागि होकी राजनैतिक उपचारका लागि भारत गइरहेका छन् ? भनेर प्रश्न उठाइरहेका छन् ।