• माघ १८ २०८१, शुक्रबार

युएईको ‘होप’ले मंगलग्रहबाट पठायो पहिलो तस्विर

फाल्गुन ४ २०७७, मंगलवार

संयुक्त अरब ईमिरेट्सको होप मिसनले मंगलग्रहबाट पहिलो तस्विर पठाएको छ।

सो तस्बिर सो यानको ईएक्सआई उपकरणले गत साता मङ्गलको सतहभन्दा २४,७०० किलोमिटर टाढाबाट लिएको बताईएको छ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार होप यानलाई मङ्गल ग्रहको मौसम अध्ययन गर्न बाहिरी कक्षमा राखिएको छ जसले गर्दा त्यहाँबाट खिचिएका तस्बिरहरू पूरै ग्रहका हुनेछन्।

सो यानले मङ्गल ग्रहका अन्य थुप्रै यस्ता तस्बिरहरू पृथ्वीमा पठाउने बताइएको छ।तस्बिरको माथिल्लो भागको देब्रेतिर मङ्गलको उत्तरी ध्रुव देखिन्छ भने केन्द्रमा बिहानीको किरणबाट निस्कँदै गरेको सौर्य प्रणालीको सबैभन्दा ठूलो ज्वालामुखी ओलम्पस मोन्स देखिन्छ। ओलम्पस मोन्सको नजिकै अन्य तीन ज्वालामुखीहरू देखिन्छन् ।

होप परियोजनाको ट्विटरह्याण्डिलका अनुसार “होप ले पठाएको पहिलो तस्बिर हाम्रो इतिहासको महत्त्वपूर्ण घडी हो र यसले यूएईलाई अन्तरिक्ष अन्वेषणमा अन्य विकसित मुलुकहरूसँगै उभ्याएको छ।”