फेब्रुअरीको सुरुवातदेखि नै भ्यालेन्टाइन डे (प्रेम दिवश) को चर्चा सुरु हुन्छ । विश्वभर यसलाई प्रणय दिवसका रूपमा मनाइन्छ । यसवर्षको प्रणय दिवश हिजो मात्रै मनाइएको छ । यो दिवश संसारभर मनाइएको प्रचार गरिन्छ तर त्यस्ता देश पनि छन् जहाँ प्रणय दिवश मनाउन नै प्रतिबन्ध लगाइएको छ । कति देशमा त सरकारले नै यो दिनमाथि प्रतिबन्ध लगाएको छ ।
यी हुन् भ्यालेन्टाइन डेमाथी प्रतिबन्ध लगाउने देश र ठाउँहरु:
मलेसियाः
मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्कन पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइन डेकै दिन होटेलमा छापा मारेको थियो र भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।
इरानः
इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइन डेमाथि प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकासित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिबेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुदाँहुँदै पनि कसैले भ्यालेन्टाइन डे मनाएको पाएमा जरिवाना, जेल सजाय हुने इरान सरकारले वर्षेनी सूचना निकाल्दै आएको छ ।
रुसः
पुरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहीँ रुसले पनि भ्यालेन्टाइन डे सेलिब्रोसन माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइन डे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकासित गर्दै पनि आएको छ ।
साउदी अरबः
साउदी अरबमा पनि भ्यालेन्टाइन डेमाथि प्रतिबन्ध लगाएको छ । यो दिन सार्वजनिक बिदा दिने होइन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन ,१४ फे्रेबुअरी भन्दा पहिले नै गुलाब रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
इन्डोनेसियाः
इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजनासँगै होटेल जान पनि १४ फेब्रुअरीमा पाइँदैन । एकललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ ।