• बैशाख १२ २०८२, शुक्रबार

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

माघ १९ २०७७, सोमबार

काठमाडौं । पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् ।                            थाक्रे गाँउपालिका अन्तरगत पर्ने महादेवबेँशी-सिम्ले सडक खण्डको कोइराले भन्ने स्थानमा बिग्रिएर रोकी राखेको ट्रकमा अर्को मालवाहक ट्रक आई ठक्कर खाँदा दुर्घटना भएको हो ।                                                    मुग्लिन तर्फबाट काठमाण्डौँ आउँदै गरेको लु २ ख २७० नम्वरको ट्रकले रोकी राखेको ना ६ ख ६४६५ नम्वरको ट्रकलाई ठक्कर दिँदा ट्रकमा सवार संखुवासभा निवासी किरण कार्की र सोही ट्रकका सहचालक किरण प्रताप गुरुङ्गको मृत्यु भएको हो ।

यसैगरी ट्रक चालक नवलपरासी निवासी लिलाराम अधिकारी गम्भीर घाइते भएका छन् । घाइते अधिकारीको काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।