चैनपुर । बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन उनका परिवारले आग्रह गरेका छन् । दाङको तुलसीपुर नगरपालिका-१८ मा ससुराली गएका २० वर्षीय लक्ष्मण गत माघ ४ गतेदेखि कसैको सम्पर्कमा छैनन् । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो ।
लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले जानकारी दिए । दाजू गणेशले भाईको खोजि गरिदिनका लागि इलाका प्रहरी कार्यालय हेमन्तपुरमा उजुरी दिएका छन् । प्रहरीले उनको खाजि कार्य जारी रहेका बताएपनि उनी अझसम्म भेटिएका छैनन् ।
माइतीमा पुगेपछि लक्ष्मण सम्पर्कविहीन भएका थिए । केही समयअघिदेखि लक्ष्मणको श्रीमतिसित खट्पट हरेको बताइएको छ । विवाद भएपछि उनी श्रीमती लिन दाङ गएका थिए । तर उनी श्रीमतिसित भेट त तर केही समयपछि पविारसित सम्कर्पविहीन भए ।