• बैशाख १२ २०८२, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना सङ्क्रमण

माघ १९ २०७७, सोमबार

काठमाडौँ । देशभर थप १५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा चार हजार १४५ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ११८ जना पुगेको छ । यस्तै हालसम्म देशभर दुई हजार ४८९ जना सक्रिय संक्रमितरहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २६४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन्। । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ६६ हजार छ सय पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३३ मा उक्लेकाे छ ।