काठमाडौँ। नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।