काठमाडौँ। देशभर १०५ जना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ३०८ जनाको कोरोना परीक्षण गरिएकोमा १०५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार ५९४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निको भएर २ सय ८८ जना घर फर्किएका छन् ।योसँगै नेपालमा निको हुनेहरुकोकुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।