• मंसिर ११ २०८१, मंगलवार

माघको जाडोमा कलाकार ढकाललाई किन आयो पसिना ?

माघ १७ २०७७, शनिबार

बैंसको धपडी खलखल पसिना
मायाको खेतिमा पानी असिना
गीत संगीतको बजारमा विनोद ढकाल निकै चर्चित नाम हो । लोकलयमा नेपाली समाजको यथार्थता प्रस्तुत गर्नु उनको मुख्य विशेषता हो । उनका जतिपनि लोकदोहोरी गीतहरु रेकर्ड भएका छन् तीमध्ये अधिकांशमा जीवनको एक पाटो मनोरञ्जनलाई पनि मजासित उजागर गरिएका छन् । ढकाल व्यंग्यात्मक तरिकाले यथार्थलाई उतार्छन् ।

उनको गीत लेखन कला र शैली अरुको भन्दा फरक छ । यसैबिच पछिल्लोचरणमा बजारमा आएको गीतमा मान्छेले बैंसमा कसैसित माया प्रेम गर्दा कस्तोसम्म व्यहोर्नु पर्दछ भन्ने कुरा रोमाञ्चक तरिकाले देखाएका छन् । एउटा चोखो माया प्रेममा अरुको प्रवेशले उनीहरुको जीवनमा ल्याइदिएको नकारात्मक प्रभावलाई गीतमा देखाउन खोजिएको छ ।

गीतमा हाँस्य कलाकार गोप्तेकाजी लगायतका कलाकारहरुको भूमीका निकै प्रभावकारी मानिएको छ । चर्चित लोकगायिका श्रीदेवि देवकोटा र विकास परियारको सुमधुर स्वरले गीतलाई झन मिठो बनाएको छ । म्यूजिक ल्याव कम्पनीले सो गीत बजारमा पठाएको हो ।