• भाद्र १६ २०८३, मंगलवार

बाढीकाे बिनासकै मुखमा अञ्जुले लिएर आइन् ‘एक बर्षमा एकचोटी’

भाद्र १६ २०८३, मंगलवार

प्रायः सधैजसो तीजका अवसरमा आफ्नो गीतीकोशेली लिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली ‘एक बर्षमा एक चोटी’ ………लिएर आएकी छिन् । तीज पर्वलाई मान्यता दिँदै उनले हरेक बर्ष तीजको कोशेली लिएर आउने गरेकी हुन् ।

यसपालीको तीज गीत ल्याउने बेलामा तयारी गर्दैगर्दा रसुवामा बाढी गएपछि उनी पनि सम्हालिन सकिनन् । तयारी भैसकेको र सुटिङ समेत भैसकेको र खर्च समेत भएको अवस्थामा गीत यत्तिकै थन्काएर राख्ने पनि कुरा भएन । यहि बाध्यताका बिचमा उनले तीज गीत लिएर आएकी बताएकी छन् ।

आफ्नो स्वरमा उनले आफै छमछमी गरेकी छिन् । उनलाई डिम्पल नगरकोटीले छमछमी नाच्दै साथ दिएकी छिन् । भिडियोको कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् ।

गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् भने भिडियो छायांकन दिनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारको रहेको छ ।

एक बर्षमा एक चोटीको शब्द दीपक शर्मा र निसान साउदले लेखेका छन् भने स्वयम दीपक शर्माले संगीत दीएका छन् । नरेन्द्र वियोगीले मिक्सिङ एवं मास्टरीङ गरेका छन् ।

देशको संवेदनशिल अवस्थामा आफू पनि संवेदनशिल भएको उनले बताइन् । बाध्यता एवं विशेष परिस्थितिका कारण गीत बजारमा ल्याएको उनले बताइन् । आफूलाई साथ दिन पनि उनले आग्रह गरिन् ।