काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजार क्षेत्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।
प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।