• बैशाख १४ २०८३, सोमबार

प्रतिनिधि सभा विघटनको मुद्दा : संवैधानिक इजलासमा आजको बहस सुरू

माघ ६ २०७७, मंगलवार

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ शुरू भएको छ ।

आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।

एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए।