काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने जनाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाका संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने बताएका छन ।
गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने जनाए ।
संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गर्दै अहिलेको घटनालाई संवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने बताए ।