• मंसिर १२ २०८१, बुधबार

बालुवाटार पुगे प्रचण्ड–माधव समूहका नेताहरु, प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने

माघ ५ २०७७, सोमबार

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवटार पुगेका छन् ।
नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका हुन् ।
संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।