काठमाडौं । डा. अर्जुनदेव भट्टको खण्डकाव्य ‘मुटुको धड्कन’ कृति आज लोकार्पण भएको छ । प्राज्ञ प्रा. डा. खेम कोइराला बन्धुले कृति लोकार्पण गर्दै समाज सुधारको एउटा पक्षका रुपमा सो कृति महत्वपूर्ण रहेको बताए । वरिष्ठ मूत्ररोग विशेषज्ञ वाङ्मयमा प्रवेश गर्नु स्वागतयोग्य रहेको उनको भनाइ थियो ।
सो अवसरमा साहित्यकार कलानिधि दाहालले कृति परम्परावादी, आधुनिक र मध्यमार्गी सोचको त्रिकोणात्मक विषयवस्तुमा आधारित भएको विचार व्यक्त गरेका छन । खण्डकाव्यकार डा. भट्टले आफु चिकित्सक भएर काम गर्दाका अनुभव समेटी २०३४ सालमा लेखिएको सो गद्य खण्डकाव्य कृति ४४ वर्षपछि प्रकाशनमा आएको जानकारी दिए ।
कार्यक्रममा साहित्यकार बलराम दाहालले खण्डकाव्यकार भट्ट चिकित्सा क्षेत्रमा मात्र अब्बल नरही साहित्यमा पनि अब्बल रहेको धारणा व्यक्त समेत गरेका छन ।
सो खण्डकाव्यमा तराईकी गरीब महिलाको वेदनालाई दर्शाइएको छ ।