• मंसिर ११ २०८१, मंगलवार

कोरोनाबाट गण्डकीमा एक जनाको मृत्यु, थप ४७ जनामा कोरोना पुष्टि

माघ १ २०७७, बिहीबार

गण्डकी । गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना संक्रमित पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म १४ हजार २९२ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ५९९ जना छन् । हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेका सङ्ख्या १९७ पुगेको निर्देशनालयले जनाएको छ ।