विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना पुष्टि भएको छ । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल दुई लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।