काठमाडौँ ।आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिए वापत ४३ हजार मागेर लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । । टोलीले घुस दिने मगरलाई समेत नियन्त्रणमा लिएको छ ।
दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।