नेपागञ्ज । विमानस्थल भित्र सामान पठाई दिने बहानामा लागु औषध ब्राउनसुगर सहित प्रवेश गर्न लागेका एकजना पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलको यो घटनामा पदम मल्ल पक्राउ परेका हुन ।
मंगलबार ११ः१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत विसु गार्ड राँझाको टोलीले नेपालगञ्ज विमानस्थल भित्र प्रवेश गर्ने मानिसहरुलाई चेकजाँच गर्ने क्रममा मल्लबाट ब्राउनसुगर बरामद गरेको हो ।
विमानस्थल भित्र सामान पठाई दिने बहानामा प्रवेश गर्न लागेका मुगुको राराछाँयानाथ नगरपालिका वडा नं २ का २४ वर्षीय बिराट मल्ल भन्ने पदम मल्लले हातमा राखेको पोलोथिन भित्र सनसिल सेम्फूसँगै पुरियामा राखेको ब्राउनसुगर बरामद गरेको हो ।
उक्त वस्तु ब्राउनसुगर तौल गर्दा ४ ग्राम ९६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप आवस्यक अनुसन्धान भइरहेको प्रहरीको श्रोतले जनाएको छ ।