• जेष्ठ २६ २०८२, आईतवार

आर आर क्याम्पसका प्राध्यापक आचार्य पक्राउ

पुष २८ २०७७, मंगलवार

काठमाडौँ। काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । आचार्यले आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठौर बताए ।

पक्राउ परेका आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।