रोल्पा । सङ्घीय संरचना अन्तरगत नेपाललाई सात प्रदेशमा ७५३ स्थानीय तहको निर्माण गरिएको हो । जनताका कामकार्यलाई विधिको शासन अन्तरगत ल्याई अझ सरल र सहज बनाउँदै जनतासामु पुर्याउनका लागि यस्तो संरचना बनाइएको हो ।
यसका लागि केन्द्रदेखि स्थानीय सरकारको स्थापना गरिएको हो । सोही अनुरुप जनताको कामकाजहरुलाई सहज बनाउनका लागि रोल्पाको परिवर्तन गाउँपालिकाले पनि करिब २ करोड ५० लाख बराबरको लागतमा आफ्नै २४ कोठे २ तले भवन निर्माण सम्पन्न गरि आफ्नै भवनबाट सेवा सुविधा दिन सुरु गरेको छ ।
अध्यक्ष उपाध्यक्ष बाहेक करिब ३० जना कर्मचारीले यस गाउँपालिकालाई विभिन्न शाखाबाट सेवा प्रदान गरिरेहेका छन् । पहिलो शिक्षा तथा खेलकुद शाखा, दोश्रो स्वास्थ्य शाखा, तेश्रो महिला बालबालिका तथा समाज कल्याण शाखा, चौथो वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखा, पाचौं जिन्सी शाखा, छैठौं पशुसेवा शाखा, सातौं कृषि शाखा, आठौं सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा नवौं इजलास, दशौं लेखा (आलेप) शाखा, एघारौं पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा, बाह्रौं आर्थिक प्रशासन शाखा तह्रौं प्रमुख अधिकृत कार्यकक्ष, चौधौं प्रशासन योजना तथा अनुगमन शाखा, पन्ध्रौं सूचना तथा प्राविधि शाखा, सोह्रौं रोजगार शाखा, सत्रौंमा उपाध्यक्ष कार्यकक्ष र अध्यक्ष कार्यकक्ष रहेका छन् ।
गापाको आफ्नै भवनबाट जनतालाई सेवासुविधा दिँदा कत्तिको सहज असहज भएको छ ? भन्ने प्रश्नमा गापा अध्यक्ष निमकान्त डाँगीले नयाँ भवन बनेपछि काममा सहज भएको बताए । यसअघि कार्यालयको कामकाज गर्दै आइएको झन्कार बुढामगरले जानकारी दिए ।