• बैशाख ६ २०८२, शनिबार

पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण

पुष २६ २०७७, आईतवार

काठमाडौँ। देशभर थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४२२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ सय १३ जना निको भएर घर फर्किएका छन् । योसँगै देशभर निको हुनेहरुको कुल संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।

यसैगरी पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय १७ पुगेको छ ।