काठमाडौं । नेताहरुबीच विवाद भएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको हो ।
यसअघि कांग्रेसमा नेताहरुबीच विवाद हुँदा तय हुन लागेका बैठक पनि सर्ने गरेका थिए । अहिले पनि बैठक थुप्रैपटक सर्दै आएका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवादले गर्दा कांग्रेस बैठक प्रभावित हुँदै आएको हो ।
कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको त । तर पनि सो आन्दोलनमा शीर्ष नेताहरुबीचमा एकमत छैन् । शनिबार एकसाथ ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको कांग्रेसले आन्दोलनका कारण बैठक सार्नुपरेको दाबी गर्दै आएको छ ।