काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदमलाई पूर्व प्रधानन्यायाधीसले असंवैधानिक भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानन्यायाधीस मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त बक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका हुन् ।
संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनीहरुले भनेका छन्, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रचण्ड र माधव नेपालको समूह सडकमा आएको छ भने नागरिक समाज र कानुनविदहरुले पनि असंवैधानिक भन्दै आएका छन् । जसकारण ओलीले संसद विघटन गरेको कुरा थप आलोचित बनेको छ ।