• मंसिर ११ २०८१, मंगलवार

ओली विरुद्धको लडाई क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई

पुष २० २०७७, सोमबार

चितवन । पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन । नेकपा प्रचण्ड–नेपाल समूह भरतपुुर महानगर कमिटीको आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले यस्तो टिप्पणी गरेका हुन । उनले भने “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्र्माण गर्र्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ” ।

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन । नेकपा प्रचण्ड–नेपाल समूहका नेत्री रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनु पर्नेमा जोड दिइन ।