• मंसिर ११ २०८१, मंगलवार

पत्रकारिता र न्यायालय स्वतन्त्र रहे मात्रै लोकतन्त्र

पुष १८ २०७७, शनिबार

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले पत्रकारिता र न्यायालय स्वतन्त्र हुनुपर्ने बताएकी छन । यसमाथि राज्यले अङ्कुश लगाएमा लोकतन्त्र नै धरापमा पर्ने बताइन । नेपाल प्रेस युनियन मकवानपुरले हेटौँडामा आज आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता र न्यायालय स्वतन्त्र रहे मात्रै मुलुकमा लोकतन्त्र कायम रहने जानकारी गराइन ।

कांग्रेसले स्वतन्त्र पत्रकारिता र न्यायालयको सम्मानमा कुनै कमी आउन नदिएको उनको भनाइ थियो । नेकपाभित्र पदको भागबण्डा नमिलेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताको विश्वासमाथि घात गरेको जानकारी गराइन । कांग्रेस निर्वाचनमा जान डराएको छैन, निर्वाचनमा विजयी पनि हुनेछ तर संविधानमाथि भएको प्रहार मान्य छैन नेत्री डिनाको भनाइ छ ।