नुवाकोट । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन । आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टी भित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको बताएका हुन । यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टी भित्रकै केही नेताहरुले विरोध गरेका मन्त्री ढकालको भनाइ छ ।
मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधान सम्मत भएको दाबी गरे । उनले भने “संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधान विपरीत भयो भन्न मिल्दैन । मन्त्री ढकालले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गरेका हुन । “नयाँ जनमतसहित आएर फेरि सरकार चलाउने हो । निर्वाचन तोकिएको समयमा नै हुन्छ । ढुक्क भएर निर्वाचनको तयारीमा साथीहरुलार्य िलाग्न आग्रह गरेका हुन ।