• मंसिर ११ २०८१, मंगलवार

दाहाल-नेपालप्रति ओलीको व्यंग्य, ‘सुन्तला खान मन लागे सुन्तलाघारीतिर जाने की सल्लाघारीतिर ?’

पुष १८ २०७७, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवहरु बाहिरिएपछि पार्टी शुद्धिकरण भएको बताएका छन् । शनिबार काठमाडौंको राष्ट्रिय सभाहलमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

भेलामा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले प्रचण्ड-माधवलाई ठूलो पद चाहिएको र त्यसका लागि पार्टी फुटाउने काम गरेको आरोप लगाए । व्यंग गर्दै उनले भने– ‘सुन्तलाको भोक लागेका बेला सुन्तलाको घारीतिर जाने कि सल्लाधारीतिर ?’

प्रचण्ड–माधव गाडीमा खिया लागेको अवस्थामा रहेका दुईवटा नटबोल्ट मात्र भएको र ती नटबोल्ट खसेपछि गाडी रफ्तारमा अघि बढेको भन्दै प्रम ओलीले अब पार्टी मात्र होइन, सिंगो देश नै अघि बढ्ने कुरामा जोड दिए ।

उनले भेट्नु कुहिएर खसेका दुई फलले रुख नै मेरो भनेर दाबी गरे जस्तो गरी प्रचण्ड–माधवले निर्वाचन आयोगमा पार्टी दाबी गरिरहेको बताए । पार्टी संविधानतः एक ठाउँमा रहेको र फुटेर गएका फर्किए पनि तिनका लागि ठाउँ सुरक्षित राखिदिएको बताउँदै उनले ‘ती फर्किएपछि गुटबन्दी गर्न पाइने छैन र देखाइदिएको ठाउँमा थान्को लाग्नु पर्ने छ ।’