नेकपा ओली समूहका नेता रामबहादुर थापाले चुनावमा गएर गणतन्त्र र संघीयताको रक्षा गर्ने दावी गरेका छन् । ओली समूहको काठमाडौंका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो दावी गरेका हुन् । । उनले सो क्रममा दाहाल-नेपाल समूहको पद लोलुपताका कारण पार्टीमा समस्या आएको पनि बताए ।
प्रतिगामी शक्तिहरुले आफ्नो पार्टी फुटाउन सफल भएको उनको ठहर थियो । लक्ष प्राप्तिको उद्धेश्य र कार्यक्रममा भिन्नता आएपछि पार्टीमा विभाजन आएको उनको भनाई रहेको छ । थापाले समाजवादको नीति किताबको ठोलीमा नपाइने भन्दै मदन भण्डारीले सिकाएको नीति आफूहरुले सृजनात्मकरुपमा लागु र प्रयोग गर्ने भन्दै सही विचार पत्ता लगाउन जनतामा जान लागेको स्पष्ट पारे ।
हाल देखिएको राजनीतिक समस्या र आगामी कार्यक्रमका बारेमा बोल्दै उनले अगाडी भने,
‘समाजवादको आधार तयार गर्न मजबुत एकता चाहिने भएकोले हामी त्यसदिशातिर लाग्नु पर्छ । नेकपाको विभाजन गर्ने र सरकार भंग गर्ने षडयन्त्रस्वरुप प्रतिगामीहरु हम्रो पार्टी विभाजन गर्न सफल भए । परणामस्वरुप हामीबाट एउटा गुट अलग भएको छ । यसबाट प्रतिगामीहरु उत्साहित भएका छन् । २ तिहाइको सरकार भंग भएकोमा उनीहरु खुशी भएका छन् । प्रतिगमन फर्काउन सफल भएका छौं भनेर उनहीहरु ढुक्क भएका छन् तर यो षडयन्त्रको हामी उचित जवाफ दिने छौं । हामी अब जनतामा जानेछौं । यो निर्णय सही छ । जनतामा गाएर नेकपाकै सरकार बनाउने छौं । प्रतिगमनका लागि चलखेल त भएकै छ तर जनता र पार्टी मिलेर त्यसलाई रोक्नेछौं । गणतनत्र र संघीयताको रक्षा गर्नेछौं । त्यसका लागि हामी मध्याअधि निर्वाचनमा जान लागेका हौं । किनकी पुरानो संसद काम लागेन । अब नयाँ संसद बनाउने हो । त्यसैबाट बलियो सरकार बनाउँछौं । त्यसैबाट हार्मी अवसरवादीलाई तह लगाउँछौं । पद लोलुपताका कारण पाटीकामा विभाजन आएको हो । आफ्नै अध्यक्षलाई सरकारबाट हटाउन दाहाल–नेपालहरुले कृतिम हस्ताक्षेर अभियान चलाए । आफ्नै प्रधानमन्त्रीलाई उनीहरुले अपराधिकोरुपमा खडा गर्ने प्रयास गरे र हटाउने योजना बनाए । हामीले यस्तो नगर्नुस् राम्रो हुँदैन भन्यौं तर मान्नु भएन । आरोप पत्र फिर्ता लिनुस् भन्यौं त्यो पनि मान्नु भएन । किनकी आफ्नै सरकारलाई हटाउने र प्रधानमन्त्रीको राजीनामा माग्नु ठीक थिएन । त्यसैले प्रधानमन्त्रीले चालेको कदम सही छ । तपाईंहरुलाई हामी प्रतिगमनतिर गएजस्तो लाग्नसक्छ तर त्यसो होइन । तर हामी नयाँठाउँमा पुगेका छौं । हामी समृद्धितिरै गएका छौं । हामीले पृथकतावादीलाई नामेट पारेका छौं । भौगोलिक अखण्डताको रक्षा गरेका छौं । त्यसकारण निरास हुनुपर्ने कारण छैन । हालको समस्या अस्थायी हो । यी अफ्ठ्याराहरुलाई पार गरेर हामी समाजवादतिर जाने छौं । त्यसकालागि हामीले अवसरवादीलाई किनारा लगाउनु पर्छ । किनकी हाम्रो नेतृव र मुद्धा सही छ ।’
थापाले आफ्नो मन्तव्यको अधिकांश समय ओलीको समर्थन गर्दै दाहाल-नेपाल समूहको विरोध खर्चिएका थिए । उनले चुनावका लागि पूर्णरुपमा तयारीमा रहन कार्यकर्तालाई निर्देशन पनि दिए ।