• मंसिर ११ २०८१, मंगलवार

समृद्धिका लागि एकताबद्ध हुन आग्रह

पुष १७ २०७७, शुक्रबार

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार मुलुकको समृद्धितर्फ अघि बढेका बेला एकताबद्ध भई लाग्न कार्यकर्तामा आग्रह गरेका छन ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ स्तरीय कार्यकर्ता भेलामा खानेपानीमन्त्री थापाले नेकपाका दाहाल–नेपाल समूहमा बेइमानी र विचलन देखिएकाले ओली नेतृत्वको पार्टीमा एकताबद्ध हुन आग्रह गरेका हुन । उनले भने अहिलेको स्थितिमा सरकार परिवर्तन वा पार्टी विभाजनमा जाँदा परिवर्तनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले निर्वाचनमा जानुपर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष ओलीले आगामी चैतमा महाधिवेशन गरेर नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने भनेपछि केही नेतामा छटपटी शुरु भएको उनको भनाइ थियो । उनले नेकपाको पुनः एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावपत्र फिर्ता हुनुपर्ने बताए ।